पुबुदुको राजीनामाले नेपाली क्रिकेट कहाँ पुग्ला ? | Khabarhub Khabarhub

पुबुदुको राजीनामाले नेपाली क्रिकेट कहाँ पुग्ला ?



काठमाडौं- भनिन्छ, ‘रणभूमिमा युद्ध खेल्नुअघि मनभूमिमा युद्ध खेल्नुपर्छ।’ अर्थात् वास्तविक रुपमा आफ्नो जितको लागि सर्वप्रथम चुनौतीलाई कसरी पराजित गर्ने भनेर कल्पनामा विजयी हुनु आवश्यक छ।

यस्तै, खेलकुदमा मैदान प्रवेश गरेदेखि जित कसरी आफ्नो पक्षमा पार्ने भनेर एक नक्शा कोर्न आवश्यक हुन्छ। खेलकुदको सन्दर्भमा भने सो नक्शा टोलीका मुख्य प्रशिक्षकले कोर्ने गर्दछन्।

नेपाली क्रिकेटको कुशल नक्सा कोर्ने प्रशिक्षकले फेरि एकपटक जिम्मेवारी त्यागेका छन्। घरेलु मैदानबाट विश्वकपको मैदानसम्म नेपाली क्रिकेटलाई लैजाने प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि यो प्रसंग सबै नेपाली क्रिकेट प्रेमीमा चर्चाको विषय बनेको छ।

बुधबार एक पत्रकार सम्मेलनमा पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएसँगै नेपाली टोली पुनः मार्गदर्शकबिहीन बनेको छ।

सन् २०२१ डिसेम्बरमा नेपाल क्रिकेट संघ क्यानले दोस्रोपटक प्रशिक्षकमा पुबुदुलाई नियुक्त गरेको थियो। करिब ८ महिना नेपाली टोलीलाई प्रशिक्षण गराएसँगै व्यक्तिगत कारण देखाउँदै पुबुदुले राजीनामा दिएका हुन्।

सन् २०११ देखि २०१६ सम्म पुबुदु पहिलो कार्यकालका लागि नियुक्त भएका थिए। पुबुदुको पहिलो प्रशिक्षण कालमा नै नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकपमा सहभागीता जनाएको थियो।

तर, पहिलो कार्यकाललाई सफल बनाएका पुबुदुले दोस्रो कार्यकालमा भने सफलतापूर्वक अघि बढ्न सकेनन्। सुरुवाती दिनमा क्यान र खेलाडीबीचको विवादलाई मिलाएर अघि बढेका पुबुदुले स्कटल्याण्ड भ्रमणअन्तर्गतको खेलहरुमा अपेक्षीत नतिजा दिन सकेनन्।

क्यानडामा आफ्नो परिवार निकट बस्नु नेपाली टोलीको जिम्मेवारी छोडेलगतै क्यानडा क्रिकेट संघले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको थियो।

पुबुदुको प्रशिक्षण

पुबुदु एशोसिएट राष्ट्रका सफल प्रशिक्षकका रुपमा स्थापित छन्। सन् २००७ देखि २०११ सम्म पुबुदु क्यानडाका मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए। पुबुदुले क्यानडालाई एकदिवसीय विश्वकपको लागि छनौट गर्न सफल भए।

यसपश्चात पुबुदु पहिलो कार्यकालको लागि नेपाल आए। पुबुदुको प्रशिक्षणमा नेपाली टोली विश्व क्रिकेट लिग डिभिजन चारबाट डिभिजन एक हुँदै च्याम्पियनसीप खेल्दै सन् २०१४ को टी–ट्वान्टी विश्व कपमा पनि खेल्न सफल भयो।

यसपश्चात, पुबुदु अमेरिकाका मुख्य प्रशिक्षकमा नियुक्त भए। करिब ३ वर्ष सो जिम्मेवारी सम्हालेपश्चात पुबुदुले जुलाई २०१९ मा राजीनामा दिए।

सन् २०१६ नोभेम्बरमा अमेरिकी टोलीलाई डिभिजन चार र सन् २०१९ अप्रिलमा एकदिवसीय मान्यता प्राप्त क्रिकेट टोली बनाउन पुबुदु सफल भएका थिए।

पुबुदुको खेल जीवन

पुवुदु श्रीलंकाली मुलका क्यानडेली खेलाडी हुन्। उनले श्रीलंकापछि क्यानडामा पुगेर पनि खेलेका हुन्। क्यानडामा क्रिकेटरको रुपमा नै बस्ने उनको योजना भने थिएन। तर, पूर्व क्लबको अनुभवले चार वर्षे रेसिडेन्सी रिक्वायरमेन्ट पुराभएसँगै क्यानडा टोलीको निर्माणमा पुबुदु सक्रिय रहे।

सन् २००५ मा आयरल्याण्डमा आयोजना भएको आईसीसी ट्रफीको प्रदर्शनसँगै क्यानडा सन् २००७ को विश्व कपमा छनोट भयो। यसमा पुबुदुको मुख्य भूमिका रहेको थियो।

सन् २००७ को विश्व कपमा ३६ वर्षको उमेरमा पुबुदु औपचारिक रुपमा क्यानडाको प्रशिक्षकमा नियुक्त भएका थिए।

समस्या क्यानमा कि खेलाडीमा ?

नेपाललाई विश्वकप पुर्‍याउने प्रमुख प्रशिक्षकको दोस्रो कार्यकालको राजीनामालाई लिएर धेरै प्रश्न उठेका छन्। उनको राजीनामाको विषय केवल नेपाली फ्यानमा मात्रै होइन, खेलाडीमा पनि उत्तिकै उठेको छ।

पुबुदुको नियुक्त अगाडि चर्केको खेलाडी र क्यानबीचको सम्बन्धले नेपालमा ठप्प बनेको क्रिकेटको वातावरण सबैलाई नै अवगत छ।

यसअघि आफ्नो कार्यकाल नसकिँदै डेभ वाटमोरले पनि घरायसी कारण देखाउँदै राजीनामा बुझाएका थिए। लगातार दोस्रो पटक राष्ट्रिय क्रिकेट टोलीले पाएको यो झट्काले क्रिकेटलाई कुन दिशातर्फ लैजाला ? प्रश्न पेचिलो बनेको छ।

नयाँ नियुक्तीमा आवदेन दिने प्रशिक्षकले पक्कै पनि यस्तो अवस्थालाई फरक तरिकाले नै मूल्यांकन गर्नेछन्। अनुभवी प्रशिक्षकको राजीनामा र राष्ट्रिय टोलीको खस्किदैँ गएको प्रदर्शनलाई गम्भीर रुपमा नहेर्ने हो भने यसले नेपाली राष्ट्रिय टोलीको अवस्था नाजुक बनाउनेछ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ३१ बजे

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने