विश्वमा एकै दिन थपिए ८ लाख कोरोना संक्रमित, १५ सयको मृत्यु « Khabarhub

विश्वमा एकै दिन थपिए ८ लाख कोरोना संक्रमित, १५ सयको मृत्यु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार २३९ जना संक्रमित थपिएका छन् ।

यस्तै, अमेरिकामा १ लाख ७११, भारतमा १७ हजार ५०, ब्राजिलमा ५१ हजार ९८८, फ्रान्समा ८० हजार ८६९, इटालीमा ८० हजार ६५३, दक्षिण कोरियामा ७१ हजार १०९, अष्ट्रेलियामा ५४ हजार ९८९ र मेक्सिकोमा ३४ हजार ६६१ जना संक्रमित थपिएका छन् ।

पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना कारण १ हजार ५४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा २५१, ब्राजिलमा २७१, फ्रान्समा १३३, इटालीमा १५७, मेक्सिकोमा १०७, रुसमा ४२, दक्षिण कोरियामा १७, जापानमा ५४ र अष्ट्रेलियामा ८९ जना रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ५४ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको