भारतीय ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु « Khabarhub

भारतीय ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको बुढीगंगा गाउँपालिका-२ मा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका-७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेका छन्।

विराटनगरबाट इटहरीतर्फ गइरहेको एफ आर ३८ एफ २२१० नम्बरको गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक परियार र राईलाई उपचारका लगि विराट मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममै दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ०३ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको