भारतीय ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु | Khabarhub Khabarhub

भारतीय ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको बुढीगंगा गाउँपालिका-२ मा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका-७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेका छन्।

विराटनगरबाट इटहरीतर्फ गइरहेको एफ आर ३८ एफ २२१० नम्बरको गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक परियार र राईलाई उपचारका लगि विराट मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममै दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ०३ बजे

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको