आज १८ जिल्लामा बाढीको खतरा, सचेत रहन महाशाखाको आग्रह  « Khabarhub

आज १८ जिल्लामा बाढीको खतरा, सचेत रहन महाशाखाको आग्रह 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक  बहाव समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाव बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

शनिबार प्रदेश १, मधेश प्रदेशको तराई भू–भाग र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान महाशाखाको छ।

यस्तै, आइतबार प्रदेश १ को पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भई बहने केही स–साना नदीहरूमा बाढी आउने पूर्वानुमान छ ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : १५ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका