आज १८ जिल्लामा बाढीको खतरा, सचेत रहन महाशाखाको आग्रह  « Khabarhub

आज १८ जिल्लामा बाढीको खतरा, सचेत रहन महाशाखाको आग्रह 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक  बहाव समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाव बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

शनिबार प्रदेश १, मधेश प्रदेशको तराई भू–भाग र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान महाशाखाको छ।

यस्तै, आइतबार प्रदेश १ को पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भई बहने केही स–साना नदीहरूमा बाढी आउने पूर्वानुमान छ ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : १५ बजे

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट