सीसीटीभी फुटेज प्रकरण : छानविन समितिको बैठक बस्दै « Khabarhub

सीसीटीभी फुटेज प्रकरण : छानविन समितिको बैठक बस्दै


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ ।

१० दिनको समय नपुगेपछि बिहीबार समितिको म्याद संसदले ७ दिन थपिदिएको छ। थपिएको समयको पहिलो दिन आज बैठक बस्न लागेको हो।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो ।

गत बिहिवार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो ।

जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन गरिरहेको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ४५ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको