आजदेखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला « Khabarhub

आजदेखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरुको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुँदैछ । भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरुबाट पोखरा आइपुगेका थिए । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट अध्यक्ष सचिवहरू पोखरा पुगिसकेका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र जिल्लाहरुका भावी योजना तयारीका लागि भेला आयोजना गरिएको जनाए । महासचिव महेश विक्रम कुँवरले भेलाका लागि काठमाडौँ उपत्यकाका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपमहासचिव रत्नकाजी प्रजापति र कोषाध्यक्ष बद्रीबहादुर दुलालको आगमनलगायतका व्यक्तिहरू बिहीबार नै पोखरा पुगेको जानकारी गराए ।

यस्तै काठमाडौँ जिल्ला अध्यक्ष पुस्करराज पाण्डेका साथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्सद कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्ला अध्यक्ष बिष्णुबहादुर खड्कालगायतको बिहीबार पाेखरा आइपुगेकाे उनले बताए ।

भेलाका लागि राष्ट्रिय पदाधिकारीहरू संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्णप्रसाद बास्तोला, वरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपाध्यक्षद्वय वीरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेशविक्रम कुँवर, उपमहासचिवद्वय सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापतिलगायतका राष्ट्रिय पदाधिकारीहरुको पुगेका छन् ।

भेला भोलि शनिबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : २५ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति