आजदेखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला « Khabarhub

आजदेखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरुको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुँदैछ । भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरुबाट पोखरा आइपुगेका थिए । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट अध्यक्ष सचिवहरू पोखरा पुगिसकेका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र जिल्लाहरुका भावी योजना तयारीका लागि भेला आयोजना गरिएको जनाए । महासचिव महेश विक्रम कुँवरले भेलाका लागि काठमाडौँ उपत्यकाका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपमहासचिव रत्नकाजी प्रजापति र कोषाध्यक्ष बद्रीबहादुर दुलालको आगमनलगायतका व्यक्तिहरू बिहीबार नै पोखरा पुगेको जानकारी गराए ।

यस्तै काठमाडौँ जिल्ला अध्यक्ष पुस्करराज पाण्डेका साथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्सद कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्ला अध्यक्ष बिष्णुबहादुर खड्कालगायतको बिहीबार पाेखरा आइपुगेकाे उनले बताए ।

भेलाका लागि राष्ट्रिय पदाधिकारीहरू संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्णप्रसाद बास्तोला, वरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपाध्यक्षद्वय वीरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेशविक्रम कुँवर, उपमहासचिवद्वय सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापतिलगायतका राष्ट्रिय पदाधिकारीहरुको पुगेका छन् ।

भेला भोलि शनिबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : २५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम