कोरोना सङ्क्रमण बढ्दै, भीडभाड र सावधानी अपनाउन मन्त्रालयको आग्रह « Khabarhub

कोरोना सङ्क्रमण बढ्दै, भीडभाड र सावधानी अपनाउन मन्त्रालयको आग्रह


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भीडभाड हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरे ।

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न गराउन तथा प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्न आग्रह गरिएको छ ।

यस्तै विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्न गराउनु हुन तथा सेनिटाइजरको व्यवस्था गर्नु गराउन, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र सेनिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भीडभाड हुने प्रकृतिको व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशाला आदिजस्ता सार्वजनिकस्थलमा मास्कको अनिवार्य प्रयोग गर्न, स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न गराउन आग्रह गरिएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

यस्तै अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी थप बलियो र प्रभावकारी बनाउन, भीडभाड हुने स्थानमा कोभिड–१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा कोभिडको अवस्थालाई थप विश्लेषण गर्दै प्रभावकारी कदम चाल्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ४५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र