सीमाको अवस्था बुझ्न प्रजिअसहित मेयर पुगे बेलहिया | Khabarhub Khabarhub

सीमाको अवस्था बुझ्न प्रजिअसहित मेयर पुगे बेलहिया


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान सहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थितकरण र कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् ।

नगर प्रमुख सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप–अनुसन्धान निर्देशक रमेशचन्द्र यादव लगायतले बेलहिया नाकाको निरीक्षण गरेका छन् ।

कोभिड संक्रमणको ग्राफ बढ्दो अवस्थामा देखिएकोले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजन, पिसिआर परिक्षण, व्यवस्थित होल्डिङ सेन्टरको निर्माण, क्वारेन्टाइन लगायतको आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

त्यस्तै पैदलमार्ग हुदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकालाई ब्यवस्थित गरी सुन्दरीकरणका लागि समेत निरीक्षण गरिएको थियो ।

‘नाकाको अवस्थाले मुलुकको अवस्था नै दर्शाउने भएकोले बेलहियालाई सुन्दरीकरण गर्न निकै आवश्यक छ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले भने, ‘जसका लागि नाकामा रहेको पार्किङ, बसपार्क, शौचालय, सडक, यत्रतत्र छरिएका व्यवसायको लगायत व्यवस्थापन गरिनेछ ।’

पर्यटकलाई मुलुकमा स्वागतका लागि बेलहिया नाकामा पर्यटकहरुलाई गुलाबको फुल दिएर स्वागत गर्ने योजना रहेको नगर प्रमुख खानले बताए ।यस्तै सवारी साधन सहित भ्रमणका लागि आउने भारतीय पर्यटकलाई सवारी साधनको सुविधा÷भन्सारका लागि भन्सार कार्यालयमा सास्ती खेप्नु पर्ने भएकोले सहजताका लागि भन्सार कार्यालय काउन्टर थप गरिने उनले बताए ।

मुलुकमा पैसा खर्च गर्नका लागि पर्यटकहरु आउन्छन् तर गाडीको सुविधा भन्सारका लागि उनीहरुलाई सास्ती खेप्नु परेको गुनासो आएको छ उनले भने, पर्यटकहरुलाई हामीले स्वागत गर्नुपर्नेमा सास्ती दिइरहेका छौँ, त्यसैले भन्सारमा काउन्टर थपका लागि आग्रह गरेका छौँ ।

हाल भन्सार कार्यालयमा गाडीको सुविधा भन्सारका लागि दुई वटा काउन्टर रहेकोमा संख्या बढाएर ५ पुर्याउन आग्रह गरिएको छ ।

वर्षौ देखि निर्माणधिन अवस्थामा रहेको सडकलाई छिट्टै नै सम्पन्न गर्न आग्रह गरिएको र सडक सम्पन्न भएलग्त्तै नगरका योजनाहरु अघि सार्ने बताइएको छ ।

यसका साथै कोभिडको बढ्दो संक्रमणलाई हेरेर सीमाको ब्यवस्थापन चुस्त बनाईने नगरप्रमुख खाँनले बताए । उनले अहिले तेश्रो मुुलुकबाट आउने पर्यटकहरु न्यून रहेको हुदा भारतीय पर्यटक र भारतबाट काम गरि फर्किने नेपालीहरुलाई लक्षित गरि चेकजाँचलाई तिव्र बनाउने उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : १० बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।