प्रदेश नं १ को नामकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति « Khabarhub

प्रदेश नं १ को नामकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नं १ को नामकरण चालु अधिवेशनबाटै गर्न सबै दलहरुबीच आज यहाँ सहमति भएको छ । सभामुख प्रदीपकुमार भण्डारीद्वारा नामकरणका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुबीच संसद्को चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्न सहमति भएको नेताहरुले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख भण्डारीले सहमतिबाटै नाम राख्न दलहरु सहमत भएको जानकारी दिए । उनले आगामी दिनमा यसरी नै छलफल जारी राख्ने सहमति भएको बताए ।

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा प्रक्रियामा लैजानुअघि निरन्तर छलफल गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको सञ्चारकर्मीहरुलाई बताए । उनले दलहरुले यसअघि प्रस्ताव गरेका नामको अडान छाडेर लचकता देखाउनुपर्ने विषयमा छलफल बढी केन्द्रित भएको जानकारी दिए । मुख्यमन्त्री राईले आजको बैठक सकारात्मक रहेको भन्दै आगामी दिनमा सबै दलहरुले आन्तरिकरूपमा पार्टीभित्र समेत छलफल गर्ने सहमति भएको जानकारी दिए ।

उनले पार्टीहरुबाट वैकल्पिक नाम ल्याउनेसमेत सहमति कायम भएको छ भन्दै अत्यधिक रूपमा यही संसद्को अधिवेशनमा प्रदेशको नामकरण टुङ्गिने विश्वास रहेको बताए।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बैठकमा कांग्रेसले प्रदेशको नामकरणको प्रक्रिया तत्काल थाल्नुपर्ने बताए । उनले प्रक्रिया सुरु गरेपछि सहमतिको विन्दुमा पुग्न सकिने आफूहरुको धारणा रहेको सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनले कांग्रेस साझा पहिचानको पक्षमा रहेको बताए ।

नेकपा (एमाले) नेताद्वय हिक्मतकुमार कार्की र जीवन घिमिरेले चालु संसद्बाटै प्रदेशको नाम टुङ्ग्याउन एमाले दृढ रहेको र बैठकमा सोहीअनुसार प्रस्तुत भएको बताए। उनहरुले बैठकमा तुरुन्त प्रक्रिया सुरु गर्ने कि दलहरुबीच सहमति भएपछि मात्रै संसद्मा लैजाने भन्ने विषयमा छलफल भएको जानकारी दिए । प्रदेशको राजधानी विराटनगर राख्न यसअघि दलहरुबीच साझा सहमति भए जस्तै नामकरणमा पनि साझा मिलन विन्दु खोजेर जाने कुरा भएको बताए ।

सर्वदलीय बैठकमा राप्रपा बाहेकका सबै दलको सहभागिता रहेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताए । प्रदेशसभा ९३ सदस्यीय रहेकामा एमालेका सभामुखसहित ३९, नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र) का १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टी नेपाल (जसपा)का तीन र राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एकजना सदस्य छन् । प्रदेशसभाबाट एमालेका दुईजनाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका थिए भने माओवादी केन्द्रका एक सांसद पदमुक्त भएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ३२ बजे

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी

होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी