विपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह « Khabarhub

विपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विपी कोइरालाको मार्ग निर्देशनलाई नेपाली कांग्रेसले आत्मसात् गर्न नसकेको बताएका छन् ।

आज मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा नेपाली कांग्रेसले आयोजना गरेको ४० औँ विपी स्मृति दिवसका अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा उनले विपीले देखाएको बाटोलाई सिङ्गो कांग्रेसले एक भएर आत्मसात् गर्दै अगाडि बढाउन सके कांग्रेसका सबै समस्या समाधान हुने बताए ।

कांग्रेस देशको एक मात्र लोकतान्त्रिक पार्टी भएको भन्दै उनले कांग्रेस अब आउने निर्वाचनमा एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए । उनले लोकन्थलीस्थित विपीको सालिकमा माल्यार्पण गर्दै उहाँको योगदानलाई कांग्रेसले कहिल्यै भुल्न नसक्ने चर्चा गरे ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ३८ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त