विपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह « Khabarhub

विपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विपी कोइरालाको मार्ग निर्देशनलाई नेपाली कांग्रेसले आत्मसात् गर्न नसकेको बताएका छन् ।

आज मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा नेपाली कांग्रेसले आयोजना गरेको ४० औँ विपी स्मृति दिवसका अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा उनले विपीले देखाएको बाटोलाई सिङ्गो कांग्रेसले एक भएर आत्मसात् गर्दै अगाडि बढाउन सके कांग्रेसका सबै समस्या समाधान हुने बताए ।

कांग्रेस देशको एक मात्र लोकतान्त्रिक पार्टी भएको भन्दै उनले कांग्रेस अब आउने निर्वाचनमा एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए । उनले लोकन्थलीस्थित विपीको सालिकमा माल्यार्पण गर्दै उहाँको योगदानलाई कांग्रेसले कहिल्यै भुल्न नसक्ने चर्चा गरे ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ३८ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ