फोहर व्यवस्थापनको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

फोहर व्यवस्थापनको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ : मन्त्री श्रेष्ठ


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले फोहर व्यवस्थापनको सम्बन्धमा कुन तहको सरकारले के गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने बताएका छन् ।

आज मन्त्रालयले आयोजना गरेको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ कानून तर्जुमाको आवश्यकता विषयमा काठमाडौँ उपत्यकाको जनप्रतिनिधिसँको छलफलमा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

कतिपय अवस्थामा कुन सरकारले के गर्ने भन्ने कानूनी पाटो खुला नहँदा पनि फोहर व्यवस्थापनमा समस्या आएको मन्त्री श्रेष्ठले बताए । उनले भने, ‘एक स्थानको फोहर अर्को स्थानमा थुपारेर व्यवस्थापन नहुने भन्दै सही समाधानका लागि जसले फोहर उत्पादन गर्छ त्यसको व्यवस्थापक ऊ आफैँ हुनुपर्छ, अन्यथा फोहरको दीर्घकालीन समाधान कहिल्यै हँदैन ।’

आगामी दिनमा फोहरलाई आम्दानीको स्रोतका रूपमा विकास गर्नका लागि नीतिगत रूपमा नै व्यवस्थापन हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले अब बन्ने कानूनमा फोहर व्यवस्थापनसँगै सरसफाइ र वातावरणीय स्वच्छतासमेत कायम गर्ने विषय पनि समावेश गरिने बताए ।

त्यसैगरी कार्यक्रममा सहभागीहरुले नयाँ कानुनमा सङ्घ, प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारी, समन्वय र सहलगानीको ढाँचासमेत उल्लेख हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ४८ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने