फोहर व्यवस्थापनको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

फोहर व्यवस्थापनको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ : मन्त्री श्रेष्ठ


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले फोहर व्यवस्थापनको सम्बन्धमा कुन तहको सरकारले के गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने बताएका छन् ।

आज मन्त्रालयले आयोजना गरेको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ कानून तर्जुमाको आवश्यकता विषयमा काठमाडौँ उपत्यकाको जनप्रतिनिधिसँको छलफलमा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

कतिपय अवस्थामा कुन सरकारले के गर्ने भन्ने कानूनी पाटो खुला नहँदा पनि फोहर व्यवस्थापनमा समस्या आएको मन्त्री श्रेष्ठले बताए । उनले भने, ‘एक स्थानको फोहर अर्को स्थानमा थुपारेर व्यवस्थापन नहुने भन्दै सही समाधानका लागि जसले फोहर उत्पादन गर्छ त्यसको व्यवस्थापक ऊ आफैँ हुनुपर्छ, अन्यथा फोहरको दीर्घकालीन समाधान कहिल्यै हँदैन ।’

आगामी दिनमा फोहरलाई आम्दानीको स्रोतका रूपमा विकास गर्नका लागि नीतिगत रूपमा नै व्यवस्थापन हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले अब बन्ने कानूनमा फोहर व्यवस्थापनसँगै सरसफाइ र वातावरणीय स्वच्छतासमेत कायम गर्ने विषय पनि समावेश गरिने बताए ।

त्यसैगरी कार्यक्रममा सहभागीहरुले नयाँ कानुनमा सङ्घ, प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारी, समन्वय र सहलगानीको ढाँचासमेत उल्लेख हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ४८ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ