विपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला « Khabarhub

विपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विश्वेश्वरप्रसाद कोइराला (विपी) का विचार सदैव मार्गदर्शकका रूपमा रहेको बताएका छन् ।

४०औँ विपी स्मृति दिवसका अवसरमा भद्रपुर–१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उनले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा विपीका विचार मार्गदर्शकका रूपमा रहँदै आएको बताए।

त्यस्तै सिटौलाले सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने बताउँदै भने, ‘स्थानीय तहको निर्वाचनले त्यो प्रस्ट पारिसकेको छ, सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर रहनेछ ।’

सङ्घीय गणतान्त्रिक नेपालको मुद्दा उल्ट्याउने प्रतिगामी सोच कुनै पनि हालतमा सफल नहुने बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र रहेको उल्लेख गरे ।

कांग्रेस भद्रपुर नगर सभापति रामबहादुर कँडेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका झापा सभापति देउमान थेवे, महाधिवेशन प्रतिनिधि गोमा भट्टराईलगायतका वक्ताले नेपाली राजनीतिमा विपीको चर्चा गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ०४ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र