विपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला « Khabarhub

विपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विश्वेश्वरप्रसाद कोइराला (विपी) का विचार सदैव मार्गदर्शकका रूपमा रहेको बताएका छन् ।

४०औँ विपी स्मृति दिवसका अवसरमा भद्रपुर–१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उनले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा विपीका विचार मार्गदर्शकका रूपमा रहँदै आएको बताए।

त्यस्तै सिटौलाले सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने बताउँदै भने, ‘स्थानीय तहको निर्वाचनले त्यो प्रस्ट पारिसकेको छ, सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर रहनेछ ।’

सङ्घीय गणतान्त्रिक नेपालको मुद्दा उल्ट्याउने प्रतिगामी सोच कुनै पनि हालतमा सफल नहुने बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र रहेको उल्लेख गरे ।

कांग्रेस भद्रपुर नगर सभापति रामबहादुर कँडेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका झापा सभापति देउमान थेवे, महाधिवेशन प्रतिनिधि गोमा भट्टराईलगायतका वक्ताले नेपाली राजनीतिमा विपीको चर्चा गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ०४ बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र