विश्व इतिहासमा आज : पहिलो अमेरिका कपदेखि टेक्सस रेन्जर्सको कृतिमानसम्म « Khabarhub

विश्व इतिहासमा आज : पहिलो अमेरिका कपदेखि टेक्सस रेन्जर्सको कृतिमानसम्म


६ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ ६ गते सोमबार । सन् २०२२ को अगस्ट २२ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् ।

सन् २००७ अगस्ट २२ मा आधुनिक एमएलबीको इतिहासमा ‘टेक्सस रेन्जर्स’ ले १ खेलमा ३० रन जोडेर कृतिमान बनायो। रेन्जर्सले बाल्टिमोर ओरियोल्सलाई ३०–३ अन्तरले पराजित गरेको थियो।

सन् २००५ अगस्ट २२ मा नर्वेको ओस्लोबाट बन्दुक प्रयोग गरी एडवर्ड मुन्चले बनाएको ‘द स्क्रिम’ र ‘म्याडोना’ नामक दुई चित्र चोरी भएको थियो ।

सन् २००३ अगस्ट २२ मा अलाबामा प्रधानन्यायाधीश रोय मोरेलाई निलम्बित गरिएको थियो ।

सन् १९८९ अगस्ट २२ मा नेप्ट्युनको पहिलो पूर्ण रिङ्ग पत्ता लागेको थियो ।

सन् १९७२ अगस्ट २२ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिले रोडेसियालाई सहभागीतामा प्रतिबन्ध गर्‍यो । रोडेसियाको रङ्गभेदी नीतिहरुका कारण सो राष्ट्रलाई प्रतिबन्ध लगाइएको थियो ।

सन् १९६३ अगस्ट २२ मा जोसेफ ए वाकर स्पेस दोस्रो पटक प्रवेश गर्ने पहिलो मानिस बने । वाकरले एक्स–१५ हाइपरसोनिक रकेटको प्रयोग गरेर स्पेसमा प्रवेश गरे । स्पेस फ्ल्याइटलाई १२ मिनेट लामो उडानमा १ सय ८ किलोमिटरको उचाईमा पुर्‍याउने वाकर पहिलो व्यक्ति बने ।

सन् १९६२ अगस्ट २२ मा फ्रान्सेली राष्ट्रपति चाल्र्स डे गौले हत्या प्रयासबाट बच्न सफल भए । फ्रान्सेली संगठन गोप्य सेना संगठन ओएएसले राष्ट्रपति गौल र उनको श्रीमती विमानस्थलतर्फ जाने क्रममामाथि मेसिन गन प्रहार गरेका थिए । फ्रान्सेली वायु सेनाका अधिकारी जीन–मारी–बास्टिन–थिरीले सो हत्याको नेतृत्व गरेका थिए । अल्जेरियाको स्वतन्त्रतामा गौलेको अनुमतिले ओएस क्रोधित भएका थिए । गौले र उनको श्रीमती विमानस्थल जाने बेला सीट्रोन डीएस १९ कारमा सवार थिए । सो कारको सुरक्षा सुविधाका कारण उनीहरुको ज्यान बचेको अनुमान गरिएको थियो ।

सन् १९२२ अगस्ट २२ मा राजनितिज्ञ माइकल कोलिन्सको हत्या गरिएको थियो । सिन फिन नामक एक राजनैतिक पार्टीका नेता कोलिन्समाथि लुकेर गोली हानि हत्या गरिएको थियो । फ्रान्सको अर्थ मन्त्रीमा नियुक्त भएको केहि महिनापश्चात कोलिन्सको हत्या भएको थियो ।

सन् १८५१ अगस्ट २२ मा पहिलो अमेरिका कप आयोजना भएको थियो । यसलाई विश्वको सबैभन्दा पुरानो स्पोर्टिङ ट्रफी मानिन्छ । सो प्रतियोगितालाई ‘अन्तर्राष्ट्रिय सेलिङ याच प्रतिस्पर्धा मानिन्छ ।

सन् १७७९ अगस्ट २२ मा जेम्स कुक पोजेसन द्धीप पुगेका थिए । प्लाई माउथबाट एचएमएस इन्डियेभर नामक पानी जहाजमा २ वर्षपश्चात अष्ट्रेलियाको उत्तरी तट पुगेका कुकले सो क्षेत्रलाई न्यू साउथ वेल्स पुगेका थिए ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ६ : ०९ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि