कतारमा तिज विशेष कार्यक्रम २०२२ हुँदै  « Khabarhub

कतारमा तिज विशेष कार्यक्रम २०२२ हुँदै 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा ‘तिज विशेष कार्यक्रम २०२२’ हुने भएको छ ।

चर्चित लोक गायिका सुनिता बुढा, शर्मिला बिसी, मोडल तथा नृत्य कलाकार रुबिना अधिकारीका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा २६ अगस्ट शुक्रबारका दिन कतारको रैयान प्राईभेट स्कुल, अल रैयानमा दिउँसो ११ बजेदेखि कार्यक्रम हुने एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

प्रवक्ता क्षत्रीका अनुसार प्रत्येक आयोजक संस्थाबाट संस्थागत प्रतिनिधिसहित २ जना पुरुससहित महिला सहभागिता निःशुल्क गरी कार्यक्रम सम्पन्न गरिनेछ । कार्यक्रम कतार सरकारको स्वीकृतिमा हुन गइरहेकाले दोहास्थित नेपाली दूतावास र कतार सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति रहने उनले बताए ।

कार्यक्रममा क्रममा कतारको कानुन उल्लंघन हुने क्रियाकलाप नगरिदिन ध्यानाकर्षण गर्दै आयोजकले विशेष गरी मदिरापान प्रयोग नगर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : २१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा