सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै  | Khabarhub Khabarhub

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।

जस कारण सोमबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : ३४ बजे

बसुन्धरामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौं – काठमाडौंको बसुन्धरामा बसले ठक्कर दिँदा स्कुटर चालक गम्भीर

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु

खार्तुम – पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका ¥यापिड

जनतासँगै खट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

दोलखाको शितभण्डार बेवारिसे, समस्यामा किसान

दोलखा – पछिल्लो समय बजारमा किवीको माग बढिरहेको छ। मंसिरपछि

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा कपडा वितरण

दाङ – तुलसीपुर र घोराहीका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका