प्रतिनिधिसभाबाट प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित « Khabarhub

प्रतिनिधिसभाबाट प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिराहा–५ बाट निर्वाचित भएका गिरि २०६२÷०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिराहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १ : ५२ बजे

ललितपुर–३ मा रास्वपाको भारी अग्रता

काठमाडौं– ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र

झापा–५ मा प्रारम्भिक मतगणनामा बालेन्द्र शाह अगाडि

काठमाडौं – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रारम्भिक मतगणनामा

काठमाडौँ ३ मा कुलमानलाई पछाडि पार्दै राजु, कडा प्रतिस्पर्धा

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ

स्याङ्जा–१ मा रास्वपाको अग्रता, एमाले-कांग्रेस पछाडि

काठमाडौं– स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनामा राष्ट्रिय

रौतहट क्षेत्र नंं ४ को मतगणना जारी

चन्द्रपुर– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४