पशुपति सङ्ग्रहालयको शुभारम्भ « Khabarhub

 पशुपति सङ्ग्रहालयको शुभारम्भ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ ।सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुहुँदै नेपालको इतिहास, संस्कृति र सम्पदालाई विश्वमा चिनाउन यसले सहयोग गर्ने बताए । नेपालमा पर्यटन प्रवर्द्धनका लागि संस्कृति र सम्पदाको संरक्षण गरिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।

‘मूर्त, अमूर्त सम्पदा संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको छ, सम्पदाका माध्यमबाट पर्यटनको विकासलाई सहयोग गर्छ, यसले अर्थतन्त्रलाई टेवा दिन्छ, पशुपतिनाथ मन्दिर आउने धर्मावलम्बी र पर्यटकका लागि सङ्ग्रहालय आकर्षक केन्द्र बन्नेछ’, उनले भने।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले नेपाल इन्भेष्टमेन्ट बैंकको पाँच करोड सहयोगमा सङ्ग्रहालय निर्माण भएको जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त महास्नान घरलाई बैंकले प्रबलीकरण गरी सङ्ग्रहालय निर्माण गरेको हो । ‘भूकम्पले भत्किएका पशुपति क्षेत्रका ९६ मध्ये ६३ वटाको पुनः निर्माण सम्पन्न भएको छ, पशुपति क्षेत्रमा आठ सय १८ सम्पदा छन्, यसको संरक्षणका लागि कोषले काम गरिरहेको छ’, उनले भने ।

 सङ्ग्रहालयमा दुई सय ६५ सामग्री राखिएको जानकारी पनि सदस्य सचिव थापाले दिए । विसं २०८० मा भ्रमण वर्षका रुपमा पशुपति दर्शन कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी पनि दिए । मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले सङ्ग्रहालय निरन्तर सञ्चालनका लागि सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा जोड दिए । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सङ्ग्रहालय निर्माणसँगै विगत पाँच वर्ष अघिदेखि पशुपति क्षेत्रको सरसफाइमा पनि बैंकले सहयोग गरिरहेको जानकारी दिए । 

 कार्यक्रममा सङ्ग्रहालयको निर्माणमा लाग्नुभएका वास्तुविद् पद्मसुन्दर महर्जन, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतले पशुपति क्षेत्रको महत्व बढाउन सङ्ग्रहालय सफल हुने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : १० बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक