भारतमा जारी वर्षा र बाढीबाट ५० जनाको मृत्यु « Khabarhub

भारतमा जारी वर्षा र बाढीबाट ५० जनाको मृत्यु


६ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भारतको उत्तरी र पूर्वी भू–भागमा जारी वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

पहाडी राज्यहरू हिमाचल प्रदेश, र उत्तराखण्ड, पूर्वी राज्यहरु उडिसा, झारखण्ड र भारत–प्रशासित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको भारतीय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।

हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यस पहिरोमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

त्यहाँ अरु केही अझै बेपत्ता रहेका छन् । त्यसैगरी उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ । त्यहाँ कतिपय विदेशी पर्यटकहरु फसेको बताइएको छ । उनीहरुको उद्धार जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि यहाँ आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो । बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्गजस्ता भौतिक संरचना नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ ।

बाढीपहिरोका कारण फसेका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ३ : ४९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको