पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन सम्पन्न « Khabarhub

पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन सम्पन्न


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवन राम श्रेष्ठले उक्त संग्रहालय तथा महास्नान घरको समुद्घाटन गरेका हुन् । उक्त समारोहमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा संचारकर्मी हरुको उपस्थिति रहेको थियो ।

धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरू, ढुंगाका मूर्तिहरू, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुन्डो एवम् पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छबिकालिन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरू, प्राचीन मुद्राहरू, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरू सङ्ग्रहालयको मुख्य आकर्षण रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माण गरी यस ‘पाशुपत क्षेत्र’ मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीहरूलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी सङ्ग्रहालयको रुपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको र पुननिर्माण पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । साथै बैंकले पशुपति संग्रहालय महास्नानघर परियोजनामा ५,१४,००,००० तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोड भन्दा बढी सहयोग गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवम् खेलकुदको संरक्षण तथा प्रवर्द्धनका लागि सँधै सहकार्य गर्दै आएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न मठ-मन्दिर, पाटी-पौवा तथा घाट आदिको पुनर्निर्माण एवम् जात्रा, पर्व आदिको प्रवर्द्धनमा बैंकको कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीअन्तर्गत आर्थिक सहयोग मात्र नभई वस्तुगत रूपमै सम्पदाको संरक्षण तथा प्रर्वद्धन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ०४ बजे

अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेका छन्

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

पोखरा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदका लागि आज

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा