बालयौन दुरुपयोगका आरोपित फरार अभियुक्त पक्राउ « Khabarhub

बालयौन दुरुपयोगका आरोपित फरार अभियुक्त पक्राउ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । 

जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो । 

उनलाई जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुचोकबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । उनलाई सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : २० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन