‘वाह अलैँची’ नामक कार्यक्रम सुरु « Khabarhub

 ‘वाह अलैँची’ नामक कार्यक्रम सुरु


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल अलैँची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैँचीको बजारीकरणका लागि ‘वाह अलैँची’ नामक कार्यक्रम सुरुआत गरेको छ । अलैँचीको प्रवर्द्धन गर्ने उद्देश्यले स्विस सरकारको सहज कार्यक्रमअन्तर्गत वाह अलैँची कार्यक्रम सुरुआत गरिएको हो । 

स्वीस कार्यक्रममार्फत नै मास्टर सेफ सन्तोष साहलाई अलैँचीको ब्राण्ड एम्बासडर नियुक्त गर्दै कार्यक्रमको सुरुआत गरिएको हो । प्रदेश नं १ सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले नेपालमा उत्पादित अलैँची विश्व बजारमा प्रख्यात रहे पनि नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेकाले नेपाली उपभोक्ता माझ पनि अलैँचीका विषयमा जानकारी दिनुपर्ने बताए । उनले अलैँची उत्पादन गर्ने कृषक र व्यवसायीका लागि प्रदेश सरकारले सहयोग पुर्‍याउने बताए । 

नेपालमा वार्षिक रु सात अर्बको अलैँची उत्पादन हुँदै आएको छ । नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४०० हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमा अलैँची खेती हुँदै आएको र वार्षिक करिब पाँच हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन हुने गरेको नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए  । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ३७ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को