राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा « Khabarhub

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए ।

‘कुनै अँध्यारो कुना र शक्तिको रिमोट बाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरे ।

नेपाली जनताले विकल्पको खोजी गरिरहेको भन्दै उनले राप्रपा नेपाललाई नेपाली जनताले खोजेको वैकल्पिक शक्ति बनाउने अभियानमा आफू लागिरहेको बताए । राष्ट्रियताको संवर्द्धन ,प्रजातन्त्रको सुदृढीकरण, धर्म संस्कृतिको रक्षा र आर्थिक समृद्धिको एजेन्डा बोकेको पार्टी राप्रपा नेपाल भएकोले यसलाई बलियो बनाउन नेपाली जनताले साथ दिनुपर्नेमा उनको जोड थियो ।

बेरोजगारी, भ्रष्टाचार, कुशासन, धर्म परिवर्तन अहिले देशको मुख्य समस्या र चुनौती भएको चर्चा गर्दै थापाले ठूला भनिने दलहरूसँग दूरदर्शिता र इमानदारिता नभएको बताए ।

आगामी चुनावमा केही सिटमा तालमेल हुने र देशैभरी राप्रपा नेपालले आफ्नो उम्मेदवारी खडा गर्ने समेत थापाले स्पष्ट पारे । चुनावी तालमेल नेकपा एमाले सङ्ग हुने सम्भावना बढी भएको समेत उनले बताए ।

राप्रपा नेपाल झापा अध्यक्ष कमल खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेताहरू लाक्पा तामाङ, सुशील श्रेष्ठ, राजाराम बर्तौला, बसन्तमानसिंह अधिकारी, वासुदेव भट्टराई, ममता राई, देबिरमण भट्टराईलगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : १४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार