भारतमा अनलाइन कारोबार गर्नेको संख्या अमेरिकाको जनसंख्याभन्दा बढी « Khabarhub

भारतमा अनलाइन कारोबार गर्नेको संख्या अमेरिकाको जनसंख्याभन्दा बढी


६ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा ३४ करोड मानिसहरुले विद्युतीय कारोबार गर्ने गरेको तथ्यांक प्रकाशित भएको छ ।

भारतको इन्टरनेट एन्ड मोबाइल एसोसिएसन अफ इण्डियाले प्रकाशित गरेको तथ्यांकमा भारतमा अनलाइनमार्फत् विद्युतीय कारोबार गर्ने मानिसहरुको संख्या ३४ करोड ६० लाख रहेको छ ।

यो सङ्ख्या अमेरिकाको कूल जनसंख्या ३३ करोड १० लाख भन्दा बढी रहेको भारतीय अखबार द हिन्दुको बिजनेस अनलाइन संस्करणले जनाएको छ ।

‘विश्वव्यापी महामारीले अनलाइन कारोबारमा दुई वर्षमा ५१ प्रतिशतले वृद्धि भएको देखिएको छ । सन् २०१९ मा २३ करोड रहेकोमा अहिले ३४ करोड ६० लाख पुगेको छ ।’ उक्त एसोसिएसनलाई उद्धृत गर्दै द हिन्दुले जनाएको छ ।

भारतमा मानिसहरु प्रायः मनोरञ्जन, सञ्चार एवम् सामाजिक सञ्जालका लागि मानिसहरुले इन्टरनेटको प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ९ : ५२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको