दुबईमा कार धुने नेपालीलाई साढे ३४ करोड रुपैयाँ चिट्ठा « Khabarhub

दुबईमा कार धुने नेपालीलाई साढे ३४ करोड रुपैयाँ चिट्ठा



दोहा – संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत एक नेपाली युवाले १० मिलियन दिराम अर्थात् झन्डै ३४ करोड ५० लाख नेपाली रुपैयाँ पुरस्कार जितेका छन्।

केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले यूएईको चर्चित मजुज चिट्ठा जितेका हुन्। यो चिट्ठा जित्ने बिक पहिलो नेपाली रहेको बताइएको छ। साप्ताहिक रूपमा खुल्ने यो चिट्ठामा उनले दुई वर्षदेखि चिट्ठा काटिरहेका थिए।

मजुजका सीईओ फरिद सामजीले प्रतीकात्मक चेक हस्तान्तरण गर्ने कार्यक्रममा उनले भने, ‘म अत्यधिक उत्साहित छु। यो १० मिलियन दिराम पुरस्कारले मलाई धेरै परिवर्तन गर्न सक्षम बनाउने छ। यसले मेरो जीवनमा ठूलो परिवर्तन गर्नेछ।’ अहिले आफू करोडपति भए पनि सादा जीवन बाँच्ने बताए।

उनले थपे, ‘म मेरो ऋण र अन्य बाँकी पैसा बालबच्चाको पढाइमा खर्च गर्नेछु।’ चिट्ठा जित्ने आसमा धेरै नेपालीहरूले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै मजुजका सीईओ सामजीले बिकको जीतले नै नेपाली समुदायमा खुसी छाएको बताएको गल्फ न्युजले जनाएको छ।

अहिलेसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिट्ठा जितिसकेका छन्। जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिट्ठा जितेको सीईओ सामजीले बताए। बिक मासिक १३ सय दिराममा त्यहाँको एक कम्पनीमा कार धुने कम्पनीमा कार्यरत रहेका थिए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : ५३ बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब