अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला  « Khabarhub

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ।

बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो।

एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो। मात्तिमबिर्ताका ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई चालु आर्थिक वर्षको प्रथम चौमासिकवापत करिब १३ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए।

बुधबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ८२ अशक्त लाभग्राहीलाई भत्ता स्वरुप १२ लाख ९२ हजार वितरण गरिएको छ। कष्टका साथ बैंकसम्म पुगेर भत्ता बुझ्दै आएका अशक्त शिविरबाट लाभान्वित भएका छन्। पाँच वडा रहेको गाउँपालिकाका हरेक वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ। भुक्तानी शिविर आगामी असोज १२ गतेसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन्।

साकेला गाउँपालिकामा पहिलो त्रैमासिकका लागि १ करोड २३ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा भएको छ। साकेलामा सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका एक हजार चार सय लाभग्राही छन्। सामाजिक सुरक्षा भत्ता वितरणमा स्वयं नेपाल एसबिआई बैंङ्कका शाखा प्रबन्धक असिम इङ्नाम र गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारी खटिएका छन्। ‘स्थानीय सरकार जनताको घरदैलोमा पुग्नसक्नु पर्छ’ अध्यक्ष राईले भने, ‘हामी ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक, अपाङ्गता भएका नागरिकको सहजताका लागि घरदैलो अभियानमार्फत सेवा पुर्‍याउने जमर्को गरिरहेका छौँ।’

सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दै आएको छ। तर बृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरी गाउँपालिका र बैंकले वडा–वडामा शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो। गाउँपालिका र बैंकबीचमा वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता छ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ८ : ५० बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो