राजु श्रीवास्तवको भर्चुअल पोस्टमार्टम « Khabarhub

राजु श्रीवास्तवको भर्चुअल पोस्टमार्टम


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको बुधबार बिहान निधन भयो। उनको स्वास्थ्य लाभको कामना गरिरहेकाहरू उनको निधनसँगै दुःखी बनेका छन्। उनको अहिले अन्तिम संस्कारको तयारी चलिरहेको छ।

यही बीचमा नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ। एम्स फरेन्सिक विभागका प्रमुख डा. सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम गरिएको बताए। ‘यो नयाँ प्रविधि भर्चुअल अटोप्सी हाइटेक डिजिटल एक्सरे हो र यो सिटीस्क्यानको सहयोगले गरिन्छ। पुरानो पोस्टमार्टम शैलीको तुलनामा यसमा निकै कम समय लाग्छ’, उनले भनेका छन्।

उनले राजुको पोस्टमार्टम गर्नुपर्ने कारण पनि खुलाएका छन्। ‘सुरुवातमा जब उनलाई एम्समा ल्याइयो, उनी होसमा थिएनन्। परिवारले हामीलाई जिममा दौडिरहँदा लडेको बताएका थिए। जसकारण हामी स्पष्ट हुन सकेनौं। त्यहीकारण हामीले पोस्टमार्टम गर्ने निर्णय लिएका हौं’,उनले भनेका छन्।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ११ : २५ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका