एक वर्षमा १४८ वटा भ्रष्टाचार मुद्दाको फैसला  « Khabarhub

एक वर्षमा १४८ वटा भ्रष्टाचार मुद्दाको फैसला 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेकामध्ये आर्थिक वर्ष २०७८/७९ मा १४८ वटा मुद्दाको फैसला भएको छ।

फैसला भएका मुद्दामध्ये ५७ वटा अर्थात् ३८.५ प्रतिशत फैसलाहरुमा भ्रष्टाचारजन्य कसुर कायम भएको अख्तियारले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल ११३ मुद्दाको फैसला हुँदा ८१ मुद्दा (७१.६८ प्रतिशत)मा आयोगलाई सफलता मिलेको थियो।

‘सर्वोच्च अदालतको फैसलाबमोजिम रङ्गेहात कारबाहीमा आयोगले प्रमाणको लागि उपलब्ध गराएको रकममार्फत भएका कारबाहीसम्बन्धी मुद्दाहरू खारेज गरेको कारण कसुर कायम हुने अनुपातमा कमी आएको देखिएको छ,’ अख्तियारले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदनमा भनेको छ।

विशेष अदालतबाट भएका फैसलाहरुमध्ये आर्थिक वर्ष २०७८/७९ मा ५७ वटा फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ। अघिल्लो वर्ष यो संख्या ५८ रहेको थियो।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १ : १९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा