एक वर्षमा १४८ वटा भ्रष्टाचार मुद्दाको फैसला  « Khabarhub

एक वर्षमा १४८ वटा भ्रष्टाचार मुद्दाको फैसला 


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेकामध्ये आर्थिक वर्ष २०७८/७९ मा १४८ वटा मुद्दाको फैसला भएको छ।

फैसला भएका मुद्दामध्ये ५७ वटा अर्थात् ३८.५ प्रतिशत फैसलाहरुमा भ्रष्टाचारजन्य कसुर कायम भएको अख्तियारले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल ११३ मुद्दाको फैसला हुँदा ८१ मुद्दा (७१.६८ प्रतिशत)मा आयोगलाई सफलता मिलेको थियो।

‘सर्वोच्च अदालतको फैसलाबमोजिम रङ्गेहात कारबाहीमा आयोगले प्रमाणको लागि उपलब्ध गराएको रकममार्फत भएका कारबाहीसम्बन्धी मुद्दाहरू खारेज गरेको कारण कसुर कायम हुने अनुपातमा कमी आएको देखिएको छ,’ अख्तियारले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदनमा भनेको छ।

विशेष अदालतबाट भएका फैसलाहरुमध्ये आर्थिक वर्ष २०७८/७९ मा ५७ वटा फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ। अघिल्लो वर्ष यो संख्या ५८ रहेको थियो।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : १९ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको