छ दिनदेखि विद्युत् अवरुद्ध « Khabarhub

छ दिनदेखि विद्युत् अवरुद्ध


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा छ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको  छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । सेवा सञ्चालन गराउनका लागि कार्य अगाडि बढाइएको छैन ।

बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र  टुटेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को गर्मीमा हातेपङ्खा चलाएर बस्नुपरेको स्थानीयवासी वीरबहादुर चौधरीले बताए । ‘विद्युत् सेवा सञ्चालन हुनसकेको छैन’, उनले भने, ‘मोबाइल चार्ज  र कुटानी, पिसानीका लागि छिमेकी गाउँमा जानुपर्ने बाध्यता छ ।’

खोलाले सडकको ठाउँ-ठाउँमा कटान गर्दा पिठ्युँमै पिठो बोकेर ल्याउनुपरेको उनले बताए । स्थानीय बासिन्दा तिलक जप्रेलका अनुसार रातिको बेला विद्युत् नहुँदा टुकी बालेर उज्यालोको व्यवस्था गरिँदै आइएको छ । ‘विद्युत् सेवा छैन’, उनले भने, ‘पुरानै अवस्थामा फर्किएका छौँ, राति मट्टितेल र डिजेलको व्यवस्था गरी टुकी बाल्ने गरेका छौँ ।’

पिल्लरीफाँटा जोड्ने सडकसमेत स्थानीय खोलाले कटान गरी बगाएपछि विद्युत्का पोल ढुवानी गर्न समस्या भइरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । ‘छवटा जति पोल गाउँसम्म बोकेर पुर्‍याएका छौँ’, उनले भने, ‘धेरै ठाउँमा पोल टुटेकाले अन्य पोल ल्याउनका लागि पहल भइरहेको छ ।’

नेपाल विद्युत् प्राधिकरण झलारी फ्युज शाखाका प्रमुख कैलाश भट्टले विद्युत् सेवा सञ्चालन गर्नका लागि १९ वटा पोल गाड्नुपर्ने भएकाले केही दिन अझै लाग्ने बताए । ‘पोल र तार पूरै फेर्नुपर्ने भएको छ’, उनले भने, ‘ट्रान्सफर्मर जडानको कार्य पनि गर्नु छ, पोल ढुवानी गर्नुपर्ने अर्को समस्या भएकाले विद्युत् सेवा सञ्चालन हुन अझै तीन दिनसम्म लाग्न सक्छ ।’

सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाले बिरामी र गर्भवती महिलालाई बोकेरै टाढाको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने बाध्यता छ । अत्यावश्यक कार्यका लागि स्थानीय बासिन्दाले पैदलै गन्तव्यमा पुग्नुपर्ने अवस्था रहेको छ । वडाध्यक्ष महराका अनुसार अवरुद्ध सडक आंशिकरूपमा खोलिएको र पूर्णरूपमा खुलाउनका लागि काम भइरहेको छ । पिल्लरीफाँटा गाउँमा चार सय बढी परिवारको बसोबास छ । भदौ ३१ गते आएको बाढीले सडक बगाउनुका साथै विद्युत् पोल ढालेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ३ : १५ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.