राप्रपाको निर्वाचन परिचालन समितिले पायो पूर्णता | Khabarhub Khabarhub

राप्रपाको निर्वाचन परिचालन समितिले पायो पूर्णता


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ ।

बिहीबार बसेको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरू र भातृ संगठनका प्रमुखहरुलाई सदस्यमा मनोनीत गरेको हो ।

बैठकले सदस्य सचिवको जिम्मेवारी महामन्त्री राजेन्द्र गुरुङलाई तोकेको छ । यस्तै बैठकले प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यस्तै कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १० : ०९ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।