जग्गादातालाई गाउँपालिकाको सम्मान « Khabarhub

जग्गादातालाई गाउँपालिकाको सम्मान


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले प्रशासकीय भवन, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा प्रदान गर्ने १८ दातालाई सम्मान गरेको छ।

प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने साकेला गाउँपालिका–४ का काजीबहादुर खत्री, छ रोपनी जग्गा प्रदान गर्ने बलराम राई, पाँच रोपनी जग्गा प्रदान गर्ने भिमबहादुर सुवेदी, तीन रोपनी जग्गा प्रदान गर्ने राजकुमार सुवेदी र एक रोपनी जग्गा प्रदान गर्ने विष्णुकुमारी कटवाललाई सम्मान गरिएको हो। दसैं, दिपावली, छठ, क्रिष्मस र साकेला उद्यौलीको अवसरमा शुक्रबार शुभकामना आदान–प्रदान तथा जग्गादाता सम्मान कार्यक्रमको आयोजना गरी गाउँपालिकाले जग्गादातालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो।

यस्तै, साकेला गाउँपालिका–२ रतन्छास्थित स्वास्थ्यचौकी रतन्छालाई सात रोपनी जग्गा निःशुल्क प्रदान गर्ने मानबहादुर राई, वडा कार्यालय रतन्छाको नाममा दुई रोपनी पाँच आना जग्गा निःशुल्क प्रदान गर्ने रुपेश राईलाई पनि सम्मान गरिएको छ। साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने पदमबहादुर कामीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ। साकेला आधारभूत अस्पताल निर्माणका लागि चार रोपनी आठ आना जग्गा निःशुल्क प्रदान गर्ने तुलराम राई, तीन रोपनी छ आना जग्गा प्रदान गर्ने रामकुमार राई र एक रोपनी दुई आना जग्गा उपलव्ध गराउने सञ्जय राईलाई सम्मान गरिएको छ।

साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयको नाममा तीन रोपनी जग्गा गर्ने देउकुमार श्रेष्ठलाई, एक÷एक रोपनी जग्गा दान गर्ने प्रेमकुमार श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ। आधारभूत स्वास्थ्य इकाईको भवन निर्माणका लागि तीन रोपनी आठ आना र साकेला गाउँपालिका–४ मात्तिमस्थित धनबरे खेलमैदान निर्माणका लागि चार रोपनी जग्गा निःशुल्क प्रदान गर्ने विष्णुमायाँ श्रेष्ठ सम्मानित भएका छन्।

त्यस्तै, साकेला गाउँपालिका–४ मात्तिमस्थित आधारभूत स्वास्थ्य इकाईको भवन निर्माणका लागि एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने हिरामायाँ श्रेष्ठ र आठ आना जग्गा उपलव्ध गराउने पूर्णकुमारी श्रेष्ठलाई दोसल्ला र प्रमाण–पत्र सहित सम्मान गरिएको छ। जग्गादाताहरुलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राई, गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का, उपाध्यक्ष बिर्सिका राई र पूर्व उपाध्यक्ष सरीता खड्काले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : २८ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र