भक्तपुरमा तिहार रमाइलो मेला सुरु  « Khabarhub

भक्तपुरमा तिहार रमाइलो मेला सुरु 


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको आदर्श चोकमा शुक्रबारदेखि तिहार विशेष रमाइलो मेला सुरु भएको छ। मेला कार्तिक ९ गते बुधबारसम्म चल्ने जनाइएको छ।

आदर्शको सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रालि आदर्श चोकको आयोजनामा मेला सुरु भएको हो। मेला तरकारी बजारभित्रै सुरु भएको हो। तरकारी बजारभित्र सस्तो बजारको शुभारम्भ एवं सूर्य विनायक हरित कृषि तिहार विशेष रमाइलो मेला २०७९ सुरु भएको हो।

मेलाको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौँ गरेको छ। खुसी जनरल स्टोर सूर्य विनायक नगरपालिका ८ आदर्श चोकले मेलाको सहयोगी रहेको छ। मेलाको क्रममा दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुबाट गीत, संगीत, नृत्यमार्फत मनोरञ्जन गराउने कार्यक्रम रहेको जनाइएको छ।

मेलाको क्रममा प्रत्येक दिन बिहान साढे ११ बजेदेखि राति साढे सात बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुने जनाइएको छ। मेलामा सहभागी हुन प्रतिव्यक्ति ५० रुपैयाँ टिकट दर रहेको छ। साथै विद्यार्थीका लागि प्रतिव्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क राखिएको छ। मेलामा बृद्धबृद्धा, अपांगता भएकाहरु, पत्रकार आदिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ।

यसअघि मेलाको उद्घाटन पूर्व उद्योग मन्त्री महेश वस्नेतले गरेका थिए। कार्यक्रममा सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रालिका अध्यक्ष राकेश प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले नेता किरण थापालगायतका सहभागी रहेका थिए।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ३२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन