२९ दिन पछि सुरु हुँदै छ कतार विश्वकप-२०२२  « Khabarhub

२९ दिन पछि सुरु हुँदै छ कतार विश्वकप-२०२२ 



दोहा – कतारले आयोजना गरेको मध्यपूर्व र अरब विश्वकै पहिलो फिफा विश्वकप-२०२२ अब २९ दिनपछि सुरु हुँदै छ।

आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बर (करिब एक महिना)सम्म चल्ने विश्वकपमा ६४ खेल खेलाउनका लागि कतारले आठ अत्याधुनिक रंगशाला बनाइसकेको छ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा उद्घाटन स्थल हुनेछ। २० नोभेम्बरमा कतार र इक्वेडरबीच पहिलो खेल हुनेछ भने लुसेल स्टेडियममा १८ डिसेम्बरमा कतारको राष्ट्रिय दिवसको दिन फाइनल खेल हुनेछ।

एक स्टेडियमबाट अर्को स्टेडियममा पुग्न झन्डै एक घण्टाको समय लाग्ने गरी निर्माण गरिएको छ। कतारले तनावमुक्त र मनोरञ्जनात्मक प्रतियोगिता सुनिश्चित गर्न रेल प्रणाली, सडक सञ्जाल, होटेल, अपार्टमेन्ट र एयरपोर्ट जस्ता धेरै पूर्वाधारहरू निर्माण वा स्तरोन्नति गरिसकिएको जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ५९ बजे

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन्