काग तिहारका अवसरमा रत्नपार्कमा ‘काग सम्मेलन’ « Khabarhub

काग तिहारका अवसरमा रत्नपार्कमा ‘काग सम्मेलन’


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यमपञ्चकको पहिलो दिन काग तिहारका दिन काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’हुने भएको छ।

ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा भोलि (कात्तिक ६ गते) सोमबार बिहान ६ देखि ७ बजेसम्म काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम रहेको छ। दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताएका छन्।

विगत १८ वर्षदेखि दुलालले काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्’, उनले भने।

काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिने चलन छ। कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ४५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन