काठमाडौँ–८ मा ९ जना स्वतन्त्रसहित ४० उम्मेदवार प्रतिस्पर्धामा | Khabarhub Khabarhub

काठमाडौँ–८ मा ९ जना स्वतन्त्रसहित ४० उम्मेदवार प्रतिस्पर्धामा


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा ४० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

काठमाडौँ क्षेत्र नं ८ बाट दुई प्रदेशसभा र एक प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र ९ स्वतन्त्र उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ८ प्रदेससभा १ मा दलका तर्फबाट आठ र स्वतन्त्र उम्मेदवार एक गरी नौ उम्मेदवार छन्।
प्रदेशसभा २ मा दलतर्फ सात र स्वतन्त्र पाँच गरी १२ उम्मेदवारी परेको छ। क्षेत्र नं ८ को प्रतिनिधिसभा सदस्यका लागि दलका तर्फबाट १६ र स्वतन्त्रबाट तीन गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको अधिकारीले बताए। जम्मा २३ मतदानस्थल रहेको निर्वाचन क्षेत्र नं ८ भित्र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ। उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका ६ र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन्। यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडा नं ४ र ५ समेटिएका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ५२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय