सत्ता गठबन्धनको चुनावी सभा आज जनकपुर र विराटनगरमा | Khabarhub Khabarhub

सत्ता गठबन्धनको चुनावी सभा आज जनकपुर र विराटनगरमा


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुर – सत्ता गठबन्धनको चुनावी सभा आज दुई प्रदेशका दुई ठाउँमा आयोजना गरिएको छ।

शुक्रबार पोखरा र बुटवलमा कार्यक्रम गरेको गठबन्धनले पूर्वनिधारित कार्यक्रम अनुसार आज प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त सभा गर्दैछ। कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरु जाँदैछन्।

सभालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताले संवोधन गर्ने कार्यक्रम रहेको छ।

कात्तिक ६ गते भोलि सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा तथा ७ गते काठमाडौंमा चुनावी सभाको आयोजना गरिएको छ। गठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेको हो । गठबन्धनको संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीको चुनावी अभियानमा सरिक हुने छन् ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी सभाको आयोजना गरेको हो।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय