सत्ता गठबन्धनको चुनावी सभा आज जनकपुर र विराटनगरमा « Khabarhub

सत्ता गठबन्धनको चुनावी सभा आज जनकपुर र विराटनगरमा


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुर – सत्ता गठबन्धनको चुनावी सभा आज दुई प्रदेशका दुई ठाउँमा आयोजना गरिएको छ।

शुक्रबार पोखरा र बुटवलमा कार्यक्रम गरेको गठबन्धनले पूर्वनिधारित कार्यक्रम अनुसार आज प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त सभा गर्दैछ। कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरु जाँदैछन्।

सभालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताले संवोधन गर्ने कार्यक्रम रहेको छ।

कात्तिक ६ गते भोलि सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा तथा ७ गते काठमाडौंमा चुनावी सभाको आयोजना गरिएको छ। गठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेको हो । गठबन्धनको संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीको चुनावी अभियानमा सरिक हुने छन् ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी सभाको आयोजना गरेको हो।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन