मेसी र एम्बाप्पेको गोलमा पीएसजी विजयी « Khabarhub

मेसी र एम्बाप्पेको गोलमा पीएसजी विजयी


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पीएसजीले) एसी एजासियोलाई ३–० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको छ।

अर्जेन्टिनी फर्वाड लियोनेल मेसी र केलियएन एम्बाप्पेले उत्कृष्ट प्रदर्शनमा पीएसजीले रेलिगेसन जोनमा रहेको एजासियोलाई उसकै मैदानमा पराजित गरेको हो।

पीएसजीका लागि २४ मिनेटमा मेसीको पासमा एमबाप्पेले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल मेसीले गरे। उनले ७९औं मिनेटमा एम्बाप्पेको पासलाई सापटी लिए। तेस्रो गोल फेरि ८२ मिनेटमा मेसीकै पासमा एम्बाप्पेले गरे।

यससँगै पीएसजी लिगको शीर्षस्थानमा कायम रहेको छ। उसले १२ खेलबाट ३२ अंक पुर्‍याएको छ। पीएसजीले १० जित र २ बराबरीको नतिजा निकालेको छ। पीएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ६ अंकले पछि पारेको छ।

लोरिएन्टले एक खेल कम खेलेको छ। पराजित एजासियो ८ अंक जोडेर १८औँ स्थानमा छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन