मेसी र एम्बाप्पेको गोलमा पीएसजी विजयी « Khabarhub

मेसी र एम्बाप्पेको गोलमा पीएसजी विजयी


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पीएसजीले) एसी एजासियोलाई ३–० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको छ।

अर्जेन्टिनी फर्वाड लियोनेल मेसी र केलियएन एम्बाप्पेले उत्कृष्ट प्रदर्शनमा पीएसजीले रेलिगेसन जोनमा रहेको एजासियोलाई उसकै मैदानमा पराजित गरेको हो।

पीएसजीका लागि २४ मिनेटमा मेसीको पासमा एमबाप्पेले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल मेसीले गरे। उनले ७९औं मिनेटमा एम्बाप्पेको पासलाई सापटी लिए। तेस्रो गोल फेरि ८२ मिनेटमा मेसीकै पासमा एम्बाप्पेले गरे।

यससँगै पीएसजी लिगको शीर्षस्थानमा कायम रहेको छ। उसले १२ खेलबाट ३२ अंक पुर्‍याएको छ। पीएसजीले १० जित र २ बराबरीको नतिजा निकालेको छ। पीएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ६ अंकले पछि पारेको छ।

लोरिएन्टले एक खेल कम खेलेको छ। पराजित एजासियो ८ अंक जोडेर १८औँ स्थानमा छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ५५ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका