अटोलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते « Khabarhub

अटोलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको बागमती गाउँपालिका–५ को झुरझुरेमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट गुडिरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकापसमा ठोक्किदा बागमती गाउँपालिका–८ बस्ने वर्ष ५८ का रामबहादुर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ।

बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको अटोलाई ट्रकले ठक्कर दिँदा अटो चालकसहित तीन जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ५० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका