टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा  « Khabarhub

टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा 


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको च्याम्हासिंह नबिल बैंकसँगै शनिबारदेखि टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको शनिबार भक्तपुर घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले रिबन काटेर उद्घाटन गरेका छन् । 

सञ्चालक रमेश खाइजूले भक्तपुरमै निजी क्लिनिक भन्दा सस्तो दरमा दाँतसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रारम्भ गरेको जानकारी गराए । उनले भविष्यमा भक्तपुर, काठमाडौंमा शाखाहरु विस्तार गर्दै डेन्टल अस्पतालसम्म सञ्चालनको योजनासाथ सेवा शुभारम्भ गरेको जनाए ।

क्लिनिकमा दाँत तथा मुखको परीक्षण, दाँंतको एक्सरे, दाँंत सफा गर्ने, दाँंत निकाल्ने, दाँंत भर्ने, दुखेको दाँंतको जरैदेखि उपचार गर्ने, दाँंतमा खोल हाल्ने, कृतिम दाँंत राख्ने, वच्चाहरुको दाँंतको विशेष उपचार,  बांगोटिंगो दाँंत मिलाउने, गिजा रोगको उपचार तथा शल्यक्रिया, दाँंत टल्काउनेलगायतका सेवा रहने जनाइएको छ । 

क्लिनिककी अध्यक्ष शान्ति दुवालले निकट भविष्यमै भक्तपुरमै पहिलो पटक ओपीडी सेवा सञ्चालन गर्ने योजना रहेको बताइन् । क्लिनिकमा विहान नौ बजेदेखि राति नौ बजेसम्म सेवा हुने जनाइएको छ । आकस्मिक सेवा भने २४ सै घण्टा रहने कार्यक्रममा जनाइयो । क्लिनिकमा नयाँ प्रविधिबाट उपचार हुने जनाइयो । 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : २७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन