टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा  « Khabarhub

टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा 


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको च्याम्हासिंह नबिल बैंकसँगै शनिबारदेखि टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको शनिबार भक्तपुर घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले रिबन काटेर उद्घाटन गरेका छन् । 

सञ्चालक रमेश खाइजूले भक्तपुरमै निजी क्लिनिक भन्दा सस्तो दरमा दाँतसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रारम्भ गरेको जानकारी गराए । उनले भविष्यमा भक्तपुर, काठमाडौंमा शाखाहरु विस्तार गर्दै डेन्टल अस्पतालसम्म सञ्चालनको योजनासाथ सेवा शुभारम्भ गरेको जनाए ।

क्लिनिकमा दाँत तथा मुखको परीक्षण, दाँंतको एक्सरे, दाँंत सफा गर्ने, दाँंत निकाल्ने, दाँंत भर्ने, दुखेको दाँंतको जरैदेखि उपचार गर्ने, दाँंतमा खोल हाल्ने, कृतिम दाँंत राख्ने, वच्चाहरुको दाँंतको विशेष उपचार,  बांगोटिंगो दाँंत मिलाउने, गिजा रोगको उपचार तथा शल्यक्रिया, दाँंत टल्काउनेलगायतका सेवा रहने जनाइएको छ । 

क्लिनिककी अध्यक्ष शान्ति दुवालले निकट भविष्यमै भक्तपुरमै पहिलो पटक ओपीडी सेवा सञ्चालन गर्ने योजना रहेको बताइन् । क्लिनिकमा विहान नौ बजेदेखि राति नौ बजेसम्म सेवा हुने जनाइएको छ । आकस्मिक सेवा भने २४ सै घण्टा रहने कार्यक्रममा जनाइयो । क्लिनिकमा नयाँ प्रविधिबाट उपचार हुने जनाइयो । 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : २७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका