नवौँ राष्ट्रिय खेलकुद : भक्तपुरका दुई विद्यार्थीलाई सफलता « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : भक्तपुरका दुई विद्यार्थीलाई सफलता


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- ण्डकी प्रदेशमा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भक्तपुरको एभरेष्ट इङ्लिस स्कुलका दुई जना पूर्व विद्यार्थीलाई सफलता मिलेको छ । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित स्कुलका दुई जना पूर्व विद्यार्थी साधना घिसिङ र कृषा देण्डेखुलाई सफलता मिलेको हो । उनीहरू दुवैलाई बास्केटबलमा सफलता मिलेको हो ।

साधनाले एपिएफ टिमबाट सहभागी भएर थ्रीअनथ्री बास्केटबलमा प्रथम स्थान हासिल गर्न सफल भइन् भने कृषाले बागमती प्रदेश टिमबाट खेलेर फाइफ अन फाइफमा सेकेण्ड हुन सफल भएकी हुन् । 

यी दुवै पूर्व विद्यार्थीको सफलतामा स्कुलले खुशी व्यक्त गरेको छ । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले दुवै विद्यार्थीलाई बधाइका साथै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन् ।

स्कुलका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले यी दुवै विद्यार्थी पहिलादेखि नै बास्केटबलमा विशेष लगाव राख्ने विद्यार्थी भएको स्मरण गरे । तनहुँमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : १५ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित