निर्वाचनका लागि समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी « Khabarhub

निर्वाचनका लागि समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने छ ।

बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी गरिनेछ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । यसमध्ये प्रदेशसभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन् ।

हालसम्म प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्यूठान, दाङ, रुकुमपूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया, नवलपरासी पश्चिमलगायत जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ रातो मसीको रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : ५६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना