सोलुखुम्बुमा मंगलबार दिउँसोदेखि मतगणना सुरु हुने « Khabarhub

सोलुखुम्बुमा मंगलबार दिउँसोदेखि मतगणना सुरु हुने


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा मंगलबारबाट मात्रै मतगणना सुरु हुने भएको छ । सोमबार बसेको सर्वदलीय बैठकले मंगलबार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतपेटिका ढुवानीमा समस्या हुँदा मतगणना ढिलो भएको हो । सोलुखुम्बुको आठ स्थानीय तहमध्ये लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट आज मतपत्र सल्लेरी आइपुगेको हो ।

खुम्बु पासाङ ल्हामुबाट ३६ थान मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो सल्लेरी ल्याइएको हो। ८१ हजार ५ सय २ जना मतदाता रहेको सोलुखुम्बुमा ३९ हजार ४ सय ३३ अर्थात ४८.३८ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ३६ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव