काठमाडौं ४ मा गगन थापा दुई हजार ७११ मतान्तरले अगाडि « Khabarhub

काठमाडौं ४ मा गगन थापा दुई हजार ७११ मतान्तरले अगाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार गगन कुमार थापाले सुरुवाती अग्रतालाई कायम राखेका छन् ।

बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका ८ वटा वडाको राति १२ बजेसम्मको मतगणनामा थापाले २ हजार सात सय ११ मतले अग्रता लिएको हो। निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार २५ हजार नौ सय ६३ मतगणना हुँदा थापाले ११ हजार नौ सय ८८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार डा राजन भट्टरार्ईले नौ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपा उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले एक हजार १११ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा २ तर्फको बुढानीलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । यस क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको मतगणना सकिएको छ ।

अहिले प्रदेशसभा १ अन्तर्गतका काठमाडौँ महानगरपालिका अन्तर्गतका वडा नम्बर १, ७, ८ र ३० को गणना सुरु भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ०६ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको