प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मतगणना जारी  « Khabarhub

प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मतगणना जारी 


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा-१ ९१० को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

त्यस्तै नेकपा (एमाले) मा उम्मेदवार रबिन कोइरालाले चार हजार ६० मत प्राप्त गर्दै दोस्रे स्थानमा छन् । त्यस्तै  प्रदेशसभा २ मा नेकपा(माओवादी केन्द्र)का श्यामवीर लिम्बूले दुई हजार नौ सय ६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाईँले दुई हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै झापा क्षेत्र नं ३ ९१० कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीले अग्रता लिएका छन् । उनले दुई हजार आठ सय ३४ मत प्राप्त गर्दा सूर्य चिह्नमा वसन्तकुमार बानियाँले दुई हजार ६ सय २९ मत प्राप्त गरेका छन् । प्रदेशसभा ९२० मा नेकपा (एमाले) का उम्मेदवार छवि चुडालले अग्रता लिएका छन्। उनले दुई हजार एक सय २१ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार पूर्णसिंह राजवंशीले एक हजार दुई सय ९० मत प्राप्त गरेका छन् । झापा क्षेत्र नं २ र ४ र ५ मा मा प्रदेशसभातर्फ मतगणना सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५९ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको