१३५ निर्वाचन क्षेत्रको मतगणना जारी « Khabarhub

१३५ निर्वाचन क्षेत्रको मतगणना जारी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । 

अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसकेका छन् ।

जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् । 

समानुपातिकतर्फ एमाले अगाडि

समानुपातिकतर्फको मतगणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार तीन सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् । 

जनता समाजवादी पार्टीले पाँच हजार आठ सय ३३, जनमत पार्टीले पाँच हजार चार सय ५५, नेपाल मजदुर किसान पार्टीले चार हजार चार सय ३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार पाँच सय ३८, नेकपा (कीकृत समाजवादी)ले तीन हजार ४६० मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ५० बजे

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य