ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो : मस्क | Khabarhub Khabarhub

ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो : मस्क


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– सामूहिक राजीनामाले ट्विटरमा अराजक वातावरणलाई औंल्याए पनि एलोन मस्कले दैनिक सक्रिय प्रयोगकर्ताहरू बढेको बताएका छन् । एक ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले यस्तो जानकारी गराएका हुन् । ‘ट्विटरले गत हप्ता १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो, जुन अहिलेसम्मकै उच्च हो,’ विद्युतीय सवारी टेस्लाका मालिकसमेत रहेका मस्कले भने ।

केही दिनअघिमात्र मस्कले कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न आदेश दिएका थिए । उक्त आदेशले अपाङ्गता भएका कामदारमाथि भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको थियो ।

क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : २७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका